Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डलाई अहिलेसम्मकै बढी मतान्तरले विजयी बनाउने जिम्मेवारी हाम्रो हो – नारायणकाजी श्रेष्ठ

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा २ बाट अहिलेसम्मको नै बढी मत ल्याएर बिजय गर्ने जिम्मेवारी गोरखाको रहेको बताएका छन् ।

यसपटक प्रचण्डलाई अहिलेसम्मको बढी मत ल्याएर जिताएर नयाँ इतिहास बनाउने जिम्मेवारी सम्पूर्ण कार्यकर्ता र गोरखाली जनताको रहेको कुरा लेखेका छन् ।

बुधवार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गोरखा क्षेत्र-२ प्रचण्डको जित निश्चित रहेको कुरा राख्दै प्रचण्ड गोरखा आउनु निकै राम्रो संदेश रहेको कुरा राखेका थिए ।

पार्टी र कार्यकर्ताको लागि मात्रै नभई सम्पूर्ण देशको लागि नै प्रचण्ड गोरखा आउनु सकारात्मक रहेको कुरा राख्दै नारायण काजी श्रेष्ठले प्रचण्डको खुबै तारिफ गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने – ‘उहाँ एउटै निर्वाचन क्षेत्र बनाउने र त्यसमा डुबिरहने संसदवादको मान्यतालाई लागू नगर्नका लागि हरेक निर्वाचनमा फरकफरक क्षेत्रबाट उठ्नुभएको हो ।’

प्रचण्ड युवा अवस्थामा गोरखामा शिक्षण पेशामा आवद्ध रहेर गोरखामा धेरै समय बिताएका थिए। उनले शिक्षण पेशामा रहेर गोरखाको जनताको सेवा गरेका थिए।

प्रचण्डले जनयुद्ध शुरु पनि गोरखाबाट गरेका थिए। त्यसैले प्रचण्डले गोरखाबाट चुनाब लड्न खोज्नु सकारात्मक रहेको श्रेष्ठले बताएका छन्। आफूले शिक्षण गरेको र जनयुद्धको सुरुवात गरेको ठाउँबाट चुनाब लड्नु सम्पूर्ण माओवादी कार्यकर्ता र गोरखाको जनतालाई न्याय हुने कुरा पनि श्रेष्ठले राखे।

प्रतिक्रिया

लेखकको बारेमा