काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले बुधबार भने कि भारत भित्र समावेशी प्रणाली र मानवअधिकारप्रति प्रतिबद्धता हुँदा मात्रै मानिसहरूले विश्व मञ्चमा भारतको आवाजलाई गम्भीर रूपमा लिनेछन्।
गुटेरेस भारतको आधिकारिक भ्रमणमा छन् र उनले आईआईटी बम्बेमा यस्तो भनेका हुन्। नरेन्द्र मोदी सरकारले विश्व नेतृत्वमा भारतको महत्वपूर्ण भूमिका रहेको दाबी गरिरहेको बेला राष्ट्रसंघ प्रमुखको यो भनाइलाई झट्काको रुपमा हेरिएको छ ।
आईआईटी बम्बे पुग्नुअघि गुटेरेस ताज प्यालेस होटल पुगेका थिए र त्यहाँ उनले मुम्बईमा २६र११ हमलामा मारिएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।
आइआइटी बम्बेमा “इन्डिया एट ७५स् युएन इण्डिया पार्टनरशित साउथ(साउथ कोअपरेशन” शीर्षकमा बोल्दै, गुटेर्रेसले भने, “जब भारतले समावेशी प्रणाली र मानवअधिकारप्रति दृढ प्रतिबद्धता देखाउँछ, तब मात्र यसको आवाज विश्वव्यापी रूपमा सुनिनेछ र गम्भीरतापूर्वक लिइनेछ ।
उनले अगाडि भने “जन्मसिद्ध अधिकार सबै भारतीयहरूसँग छ तर यसको ग्यारेन्टी छैन। यसलाई हरेक दिन र हरेक समाजमा बलियो बनाउन आवश्यक छ। गान्धीको मूल्यमान्यतालाई पछ्याउँदै सबैको अधिकार र मानवीय मर्यादाको सम्मान गर्नुपर्छ । विशेष गरी कठिन परिस्थितिमा बाँचिरहेकाहरूको । समावेशी, बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय समाजको रक्षा गर्नुपर्छ।”
यद्यपि, संयुक्त राष्ट्र प्रमुखले विगत ७५ वर्षमा भारतले हासिल गरेका धेरै उपलब्धिहरूको प्रशंसा पनि गरे। उनले कोविड महामारीमा विश्वभर खोप पुर्याउने मोदी सरकारको नीतिको पनि प्रशंसा गरे।
प्रतिक्रिया