+
Search

ताजा अपडेट +

पपुलर +

अपूर्वले माफी मागिसके, ज्यादती नगरौँ : रवीन्द्र मिश्र

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज पक्राउ परेको विषयमा बोलेका छन् ।

अपूर्वलाई दोस्रो पटक पनि पक्राउ गरि पाँच वर्षको सजाय दिनुपर्ने भन्दै उनीविरुद्ध मुद्दा परेपछि उनको पक्षमा मिश्र बोलेका हुन् । उनीमाथि ज्यादती भएको टिप्पणी गर्दै अति नगर्न उनले अनुरोध गरेका छन् ।

अति नगरौँ १ जातीय भावनारसद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिजको घटना । जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाति फुलाएर, नेता भएर हिँडेका छन्,’ मिश्रले लेखेका छन्, ‘अपूर्व क्षितिजले माफी मागिसके युट्युबबाट कमेडी हटाइसके। तैपनि उनीमाथि यो ज्यादती  अति नगरौँ । समाज यसरी विग्रियो भने त्यसको रापमा हामीरहाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै।’

कमेडियन अपूर्वको आज बयान लिइँदैछ । उनको आजै थुनछेक बहस हुने काठमाडौं जिल्ला अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिएका छन् ।

कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै उनी पक्राउ परेका थिए । कारागारमै बिरामी परेपछि उनलाई रिहा गरिएको थियो । अहिले पुन  पक्राउ गरिएको हो । उनलाई एक देखि पाँच वर्षसम्मको सजाय माग गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा