+
Search

ताजा अपडेट +

पपुलर +

आजदेखि राष्ट्र बैंकद्धारा सुनचाँदीका सिक्का बिक्रीवितरण सुरु

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौँ । नेपालीहरुको दोस्रो महान चाड तिहारको धन्तेरसको अवसर पारेर आज बिहीबारदेखि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ ।

राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट सुन–चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको हो । प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक–एक थान असर्फी बिक्री–वितरण गर्न थालिएको टक्सार विभागले जनाएको छ ।

यसपालि धन्तेरसका लागि ५ हजारभन्दा बढी सिक्का बिक्री हुन सक्ने आचार्यले बताए । सुनको बजारमूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार असर्फी व्यक्ति वा संस्था दुवैले खरिद गर्न सक्छन् । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । संस्थाको हकमा भने प्रतिग्राम ३०० रुपैयाँ थप गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा