काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखा २ बाट नेपालको इतिहासमा नै बढी मतान्तरले विजय गराउने बताएका छन्।
बुधबार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाडौंमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गोरखा २ मा अध्यक्ष दाहालको जित सुनिश्चित भएको बताए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उनी एउटै निर्वाचन क्षेत्र बनाउने र त्यसमा डुबिरहने संसदवादको मान्यतालाई लागू नगर्नका लागि हरेक निर्वाचनमा फरकफरक क्षेत्रबाट उठेको बताए ।
अध्यक्ष दाहाल युवा अवस्थामा गोरखामा शिक्षण पेशामा आवद्ध भएको, जनयुद्ध सुरु गर्ने पहल गोरखाबाटै भएको, नेपालको एकिकरण गर्ने थलो गोरखा भएको लगायतका विभिन्न भावनात्मक कारणले गर्दा गोरखाबाट उम्मेदवार बनेको उनले स्पष्ट पारे ।
त्यस्तै समृद्धि र समाजवादको मोडेल तयार गर्ने उपयुक्त थलो गोरखा भएकाले अध्यक्ष दाहालले गोरखा रोजे उनको भनाइ छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीमा धेरै गुट तथा उपगुट भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले पार्टीभित्र आफू र अध्यक्ष दाहालबीचमा विभाजित गराउन खोजिएको भन्दै आफूहरु असाधारण एकतामा रहेको स्पष्ट पारे।
एक अर्काको पक्षधर लिएर गालि गर्ने काम नगर्न उनले चेतावनी दिए। पार्टी भित्र रहेका गुट, उपगुटलाई अन्त्य गर्न आफूहरु लागिपरिरहेको पनि उनको भनाइ छ ।
श्रेष्ठले विगतमा एमसीसी पारित नगर्न सघाउने शर्तमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीले प्रधानमन्त्री बनाउन तयार रहेको दाबी गरे।
उनले ओलीलाई प्रधानमन्त्री र चुनावी तालमेलको अफरसहित एमसीसी पारित नगर्न प्रश्ताव गरेको भएपनि ओलीले सो प्रश्ताव अस्वीकार गरेको उनले जिकिर गरे। चुनावमा वाम तालमेलको प्रश्तावपनि ओलीबाट अस्वीकार भएको उनले उल्लेख गरे । उनले चार पार्टीको गठबन्धन भएपनि नेपाली काँग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गरे।
प्रतिक्रिया