+
Search

ताजा अपडेट +

पपुलर +

जनताको गुनासो र एजेण्डालाई आत्मसाथ गरी चुनावी प्रचार प्रसारमा सुरेश थापा, जनता भन्छन : घण्टीमा भोट हाल्छौँ

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका टाका राज थापा (सुरेश) ले आफ्नो चुनवी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार टाकाराज थापा (सुरेश) ले पूर्वि मकवानपुरको बकैया गाउँपालिकाका स्थानीय नागरिकहरुसँग संवाद गरेका छन् ।

चुनाव प्रचारप्रसार अभियानको लागि बकैया पुगेका थापाले त्यहाँका स्थानीयसँग आफुहरुको एजेण्डा र पार्टीको नीतिबारे भलाकुसारी गरेका हुन् । उनले बकैयाको नागरिकको घरदैलोमा पुगेर पूर्वि मकवानपुरको समग्र विकासमा राष्ट्रिय स्वतन्त्र पार्टीले महत्वपूर्ण योगदान दिने बताउँदै यो पटक घण्टी चिन्हमा मतदान गरि पार्टीलाई विजयी गराउनको लागि अनुरोध गरे ।

मकवानपुरको पुर्वी क्षेत्रमा बर्षौवाट निकै ठुलो समस्याको रुपमा रहेको भूमिहिन तथा सुकुम्वासी समस्यालाई आफुहरुको विजयी भएपछि प्रमुख प्राथमिकतामा राखेर काम गर्ने भन्दै थापाले नेपालमा अब नयाँ दलको नेतृत्वले मात्र विकास गर्न सक्ने बताए । पार्टीले गरेको अत्याचारले दिक्क भएका जनताले थापालाई निकै उत्साहका साथ सहयोग गरेका छन ।

बिभिन्न जातजाति धर्म संस्कृति आदिलाई समेटी एउटै मालामा उन्ने काम स्वतन्त्र पार्टीले गर्ने कुरा बताएका छन। नयाँ विचार र सोच सहित अघि बढेको पार्टी भएको कारण मतदाताहरुबाट राम्रो प्रतिक्रिया पाएको थापाले बताए । दलहरुले दिएको दुख र देशले पाएको कष्टलाई मध्यनजर गर्दै देशलाई नया गति दिने उद्देश्यलाई स्वतन्त्र पार्टीलाई लिएर अगाडि बढाएको थापाले बताएका छन ।

No description available.No description available.

पुराना पार्टीबाट देश विकास संभव नभएको आम नागरिकको बुझाई भएको कारण यो पटक परिवर्तनको लागि स्वतन्त्र पार्टीलाई मतदान गर्न मतदाताहरु इच्छुक रहेको पाईएको उनको भनाई रहेको छ । आफु ब्यवसाय क्षेत्रबाट केहि गर्ने सोचको साथमा स्वतन्त्र पार्टीमा आवद्ध भएको भन्दै उनले आफुहरुले जिते देशले मुहार फेर्ने दाबी गरे ।No description available.पत्रकारिता बाट पनि देशलाई राम्रो संङ चिनेका पार्टी अध्यक्ष रवि लामिछानेले देशको लागि राम्रो काम गरेकै कारण लाखौ नागरिकले पार्टी खोलेर देशमा विकासको विगुल फुक्न गरेको आग्रहलाई स्विकार्दै पार्टी स्थापना गरेको भन्दै उनले एक पटक विश्वास गरि मतदान गर्न आम मकवानपुर–१ का नागरिकलाई अनुरोध समेत गरेका छन् । थापाको टोलीमा समानुपातिक उम्मेद्वार विन्दावासीनी कंशाकारको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा