भक्तपुर । नेकपा एमालेको तर्फबाट भक्तपुर क्षेत्र नं २ को उम्मेदवार बन्नुभएका निवर्तनमान सांसद महेश बस्नेत अहिले जित आफ्नो पक्षमा पार्ने अभियानमा हुनुहुन्छ । युवा संघका पूर्व अध्यक्ष समेत रहनु भएका बस्नेत पूर्व मन्त्री पनि हुनुहुन्छ । ०७४ सालको निर्वाचनमा ३६ हजार ४ सय १२ मतसहित विजयी हुनुभएका बस्नेतको प्रतिस्पर्धा यो पटक पनि कांग्रेसकै दुर्लभ थापासँग हुँदैछ ।
०७४ को निर्वाचनमा बस्नेतसँग प्रतिस्पर्धामा दमनाथ ढुंगाना हुनुहुन्थ्यो । उहाँले १८ हजार ६ सय ८७ मत मात्रै ल्याउनु भएको थियो । अघिल्लो निर्वाचनलाई तुलना गरेर हेर्दा बस्नेतको जित निश्चित जस्तै देखिन्छ । त्यति मात्रै होइन बस्नेत मन्त्री हुँदा र सांसद निर्वाचित भएपछि भक्तपुरमा गरेको विकास नै जितको आधार भएको बताउनुहुन्छ । ‘मन्त्री हुँदा ०७२ सालमा २१ वटा सडक रातो कितावमा समावेश गरेँ । त्यो भन्दा अघि १० वटा सडक पनि रातो कितावमा थिएनन्,’ बस्नेतले एक भिडियो सन्देश सार्वजनिक गर्दै भन्नुभएको छ,’ ‘ती सडकमा दुइ, चार र ६ करोडसम्मका बजेट पार्न सफल भयौँ ।’
प्रतिक्रिया