+
Search

ताजा अपडेट +

पपुलर +

हेटौँडा मोडेल अस्पतालमा सिलबन्दी, कारबाही गर्न प्रक्रिया सुरु

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौँडाको एक अस्पतालमा सिलबन्दी गरेको छ । उक्त अस्पताललाई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौँडा उपमहानगर १ मा रहेको हेटौँडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो ।

अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेर्सी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको कार्यालयले जनाएको छ ।

अस्पतालले एनएसथेसियोलोजिष्ट डाक्टर नराखी एनएसथेसिया सहायकबाट बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्रिया गर्दै आएकाले रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिए ।

त्यस्तै, अस्पतालमा मापदण्डअनुसार कर्मचारी नभेटिएको, फोहर मैला व्यवस्थापन नगरेको पाइएको सम्बन्धमा प्रशासनले सचेतसमेत गराएको जानकारी दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा