Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

करिश्मा केसीसँग विवाह गर्दै सलोन बस्नेत

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौँ । अभिनेता सलोन बस्नेतले आगामी महिना विवाह गर्दैछन् । उनले प्रेमिका करिश्मा केसीसँग धूमधामले विवाह गर्न लागेका हुन् । मंसिरको १२ गते उनीहरुबीच विवाह हुन लागेको हो ।

अभिनेता सलोनले विवाहअघि करिश्माको नामको ट्याटू आफ्नो हातमा खोपेका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उपस्थित सलोनले ट्याटूबारे सञ्चारकर्मीसँग खुलेरै कुरा गरे । आफूले डेढ महिनाअघि ट्याटू खोपेको उनले जानकारी दिए । उनले हातमा ‘मेरिकल करिश्मा’ लेखेका छन् ।

‘उसलाई थाहा थिएन । बेलुका सरप्राइज दिएको थिएँ’, उनले भने, ‘उ खुशी भएको थियो ।’ सलोन र करिश्मा केही वर्षयता प्रेम सम्बन्धमा छन् । नेपाल एयरलाइन्समा काम गर्ने करिश्मा एयर होस्टेस हुन् । निर्देशक शोभित बस्नेतका छोरा सलोन नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा