Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

‘प्रसाद २’ मा केकी अधिकारी अनुबन्धित

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार
काठमाडौं । अन्ततः अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिएकी छन् । नम्रता श्रेष्ठले छायांकनअघि नै फिल्म छाडेपछि निर्माताले केकीलाई अनुबन्धित गरेका हुन् । केकी प्रमुख महिला पात्र कल्याणीको भूमिकामा देखिनेछिन् । उनी विपिन कार्कीको अपोजिटमा प्रस्तुत हुनेछिन् । केकीलाई अनुबन्ध गर्नुअघि निर्माताले ऋचा शर्मा र सुरक्षा पन्तलाई पनि प्रस्ताव गरेका थिए । निर्माता संघमा भएको निर्माता र कार्कीबीचको सहमतिअनुसार फिल्मको छायांकन मंसिर ७ गतेदेखि सुरु गर्ने योजना छ । सुदर्शन थापाले निर्देशन गर्ने फिल्म अन्तरजातीय बिहे र यसको सामाजिक आयाममा आधारित हुनेछ । ‘प्रसाद २’मा अब नम्रता र निश्चल बस्नेत देखिनेछैनन् । फिल्ममा अर्पण थापा र राज कटुवाल पनि प्रमुख भूमिकामा हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा