भारतमा पटाका गोदाममा विस्फोट : ६ को मृत्यु

काठमाडौँ । भारतको मध्य प्रदेशको मुरैनामा एक पटाका गोदाममा बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ ।​ पटाकाको यो गोदाम एउटा घरमा चलिरहेको थियो । बिस्फोटले पुरा घर नै ध्वस्त भएको छ । भग्नावशेषमा थप मानिसहरु दबिएको आशंका व्यक्त गरिएको छ ।
विस्फोटको सूचना पाएपछि प्रहरी प्रशासन घटनास्थलतर्फ गएको बीबीसी हिन्दीले बताएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्