काठमाडौँ । प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला छाडेर डाक्टर फरार भएपछि वीर अस्पतालमा तनाव भएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेपछि तनाव भएको हो ।
अस्पतालको भनाइअनुसार अस्पतालका प्रत्यारोपण सर्जन डा। पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हिँडेको र उनीहरुले प्रत्यारोपण कार्य तालिका अनुसार एक ५८ वर्षीया महिलाको मिर्गौला निकालेका थिए ।
निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका हुन् । यस घटनापछि बिरामीका आफन्त आन्दोलित भएका छन् ।
अस्पतालका प्रमुख डा।भुपेन्द्र बस्नेतले वीरमा भएको घटनालाई पुष्टि गर्दै यसलाई अनपेक्षित घटना भएको प्रतिक्रिया दिए । घटनापछि अस्पतालका सिनियर सर्जन डा।प्रवीण श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो।
यसैबीच घटनाबारे बुझ्न दुवै चिकित्सकलाई बोलाउँदा समेत उनीहरु अस्पतालमा नआएको अस्पताल स्रोत जनाएको छ । उनीहरुलाई प्रमुख डा।बस्नेतले नै अस्पतालमा बोलाएका थिए ।
प्रतिक्रिया