+
Search

ताजा अपडेट +

पपुलर +

सडकबाट हटाइएका नागरिकहरुले महानगर कार्यालय घेरे

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौं । सडकमै गीत गाएर जीविको पार्जन गर्दै आएका अपांगता भएका नागरिकरुले काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । तिन दिनदेखि लगातार महानगरपालिमा आफूहरुको रोजी रोटी खोसेको विरुद्धमा नारा लगाइ रहेका छन् । उनीहरुले गाउनमा प्रयोग हुने स्पीकर लगायतका समाग्रीहरु जफत गर्ने तथा विक्रीका लागि राखिएका सामाग्रीहरुसमेत बरामद गर्ने गरेपछि विचल्लीमा परेका अपांगता भएका नागरिकहरुले बुधबारदेखि महानगरपालिकाको कार्यालय घेराउ सुरु गरेका हुन् ।

महानगरपालिकाले वैकल्पिक स्थान दिएर आफूहरुको पेशाको निरन्तरताको ग्यारेन्टी गर्नु पर्ने वा दैनिक जीवन धान्न सक्ने गरी भरणपोषणको व्यवस्था गर्नु पर्ने वा यथास्थान र यथास्थितिमा गरि खान पाउनु पर्ने मध्येका कुनै एक विकल्पको ग्यारेन्टी नभई आफूहरुको आन्दोलनले विश्राम नलिने उनीहरुको भनाई रहेको छ ।

बुधबार पहिलो पटक महानगरपालिकाको कार्यालय घेराउ गर्न जानु अघि उनीहरु राष्ट्यि अपांग महासंघको कार्यालय भृकुटीमण्डपमा जम्मा भएका थिए । त्यहाँ उनीहरुले आफूहरुको पीडामा सहयोग गर्न महासंघसँग माग गरेका थिए ।

महासंघमा उनीहरुले महासचिव राजु बस्नेत र अनुशासन आयोगका संयोजक टेकनाथ न्यौपानेसँग मात्र भेट गर्न पाएका थिए । आफूहरु अध्यक्ष मित्रलाल शर्मासँग भेट गर्न चाहेको भएता पनि शर्माले भेट्न नचाहेको भन्दै उनीहरुले विरोध गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा