टिभिएसले सार्वजनिक गर्‍यो नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी

काठमाडौँ । टिभिएस मोटरको नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी सार्वजनिक गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा कार्तिक २ गते भएको कार्यक्रममा टिभिएसका ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्का र प्रदीप खड्काले अनावरण गरिएका थिए ।

जगदम्बा मोटर्सका सीईओ दीपक अग्रवाल र भाइस प्रेसिडेण्ट दीपक रौनियारद्वारा कार्यक्रमको उद्घाटन गरिएको थियो । यस कार्यक्रममा कलाकार उषा उप्रेती र विपिन श्रेष्ठको उपस्थिति रहेका थिए । कलाकार प्रताप दास र रचना रिमालले प्रस्तुति दिएका थिए ।

लञ्च कार्यक्रमसँगै जगदम्बा मोटर्सले ‘टिभिएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ एक्सचेञ्ज मेला पनि आयोजना गरेको छ । असोज ३१ गतेबाट सुरु भएको मेला कार्तिक ५ गतेसम्म चल्ने छ । यस मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेञ्ज गर्दा आर्कषक छुट तथा उपहार पाउने छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्