+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं ५ का मतदातासँग प्रदीप पौडेलको संकल्पः विजयी भएमा राजधानी र राजनीति सफा गर्छु

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौं । काठमाडौं ५ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले आफ्ना मतदातासमक्ष भोट माग्दै राजधानी र राजनीति दुवै सफा गर्ने संकल्प गर्नुभएको छ।

बिहीबार काठमाडौं ५ का मतदातालाई अपिल जारी गर्दै उहाँले काठमाडौं ५ मा आफ्नो उम्मेदवारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यको हब, आइटीको विकाससहितको रोजगारी, पर्यटन र समग्र विकास साथै राष्टिय राजनीतिको नयाँ चित्र कोर्ने अवसर प्रदान गरेको उल्लेख गर्नुभएको छ।

‘काठमाडौंलाई विकास मात्र होइन, व्यवस्थित विकास आवस्यक छ । पर्यावरणीयमैत्री राजधानी हामी सबैको चाहना हो । यसैगरी, राजनीतिक निष्ठा र इमान्दारितामाथि उठेका प्रश्न र राजनीतिप्रति घट्दै गएको विश्वासले आमनिरासा छाएको छ । त्यसकारण मेरो संकल्प छ( म राजधानी सफा गर्छु, म राजनीति सफा गर्छु,’ उहाँले अपिलमा भन्नुभएको छ ।

उहाँले आफूलाई प्राप्त भएको अवसर खेल नफाल्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । ‘परिवर्तनसहितको राजनीतिक संस्कार र संस्कृतिको स्थापित गर्छु भनेर विद्यार्थी राजनीतिबाट देशको सक्रिय राजनीतिमा होमिएको हुँ । मेरा नातागोता, पारिवारिक सदस्य र व्यापार व्यावसाय फस्टाउँछ भनेर राजनीतिमा हामफालेको होइन । राजनीतिक इमान र परिवर्तन सम्भव छ भन्ने बुझेर नै मैले सक्रिय राजनीतिक जीवन रोजेको हुँ ।

प्रतिक्रिया

लेखकको बारेमा