
बेलायत कि प्रधानमन्त्री द्बारा राजिनामा
बेलायत। बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएकी छन्।
बिहीबार साँझ उनले राजीनामा दिएकी हुन्।आलोचना मत्थर गर्न केही दिनअघि उनले आफ्ना अर्थमन्त्रीलाई बर्खास्त गरेकी थिइन्।
पार्टीभित्र र बाहिरबाट आलोचनाको क्रम नरोकिएपछि बिहीबार उनले राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।
