चन्द्रागिरिमा अखाद्य ५ हजार लिटर मदिरा नष्ट

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ मा प्रहरीको स्वइप अप्रेसनमा अवैध घरलु मदिरा नष्ट गरिएको छ।

प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बुको संयुक्त टोलीले बिहीबार स्वइप अप्रेसन गरी अवैध घरलु ५ हजार लिटर रक्सी नष्ट गरेको हो।

काठमाडौं प्रहरी परिसर टेकुका अनुसार करिब ५ हजार अखाद्य र गुणस्तरहीन मदिरा बरामद गरिएको जनाएको छ।

प्रहरी प्रभाग बलम्बुको प्रहरी प्रमुख प्रहरी निरीक्षक सुभद्रा लामा वाइवा र प्रहरी वृत्तका थानकोटका प्रहरी निरीक्षक लिला आचार्यको टोलीले अवैध मदिरा नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

नियन्त्रणमा लिएको मदिरा प्रहरीले चन्द्रागिरि-८ का जनप्रतिनिधिहरूको रोहवरमा नष्ट गरिएको थियो।

काठमाडौं चन्द्रागिरिमा प्रहरीले लकाइछिपाइ टहरा जंगलबीच बनाइरहेको अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गर्दै आइरहेको छ।

 

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्