गोरखा । नेपालीहरुको महान चाड तिहारमा राती नौ बजे सम्म मात्र देउसी भैले खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले विहिबार एक सूचना जारी गर्दै राती नौ बजेपछि देउसी भैलो खेल्न नपाइने निर्णय गरेको हो ।
तिहार पर्व आफ्नो संस्कार अनुसार मितव्यइ रुपमा मनाउन प्रशासन कार्यालयले आग्रह गरेको छ । यो बेला पटका, आतसवाजी, झिरझिरृे, भुइचम्पा जस्ता विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, जुवातास, कौडा खेल्न नपाइने जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ चित्राङ्गत बरालले जानकारी दिए ।
चाडपर्वमा नियमविपरीत काय गर्नेलाई कानुन अनुसार कारवाही गर्ने प्रशासनले जनाएको छ ।
त्यस्तै, चाडपर्वको अवसरमा बजारमा अखाध्य, रंग मिसाएको खाद्य पदार्थ उत्पादन र विक्री वितरण गर्न नपाइने, म्याद गुज्रिएका र कमसल खाद्य बस्तु विक्री वितरण गर्ने गरेको र तोकिएको भन्दा बढी मूल्य लिएको पाएमा कारवाही हुने सहायक प्रजिअ बरालले बताए ।
प्रतिक्रिया