Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

आज केपी ओलीले १ लाख ७१ हजार भन्दा बढीसँग टेलिफोन संवाद गर्ने

अरुणा ढकाल
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज १ लाख ७१ हजार ७८३ जनासँग टेलिफोन संवाद गर्ने भएका छन् । आफ्नो फेसबुक पेज मार्फत सर्वसाधारणसँग संवादका लागि मोबाइल नम्बर आव्हान गरेका ओलीले आज आफैंले फोन गरेर संवाद गर्ने भएका हुन् ।

बुधबार फेसबुक पेज मार्फत संवादका लागि मोबाइल नम्बर मागेका ओलीले बिहीबार लेखेका छन् –‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद ।

‘धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौं नि रु यो उत्साहपूर्ण सहभागिताले खुसी छु ।’ उनले थप लेखेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल