यसपटक जनताले मत परिवर्तन गरेर देशलाई जिताउँछन् : सुरेश थापा

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका टाका राज थापा (सुरेश) ले यसपटकको निर्वाचनमा आफ्नो मत परिवर्तन गर्न जनतामाझ आग्रह गरेका छन्।

थापाले आफ्नो चुनावी प्रचार प्रसारलाई तिव्रता दिदै आएका छन्। यसैक्रममा जनताको घरदैलोमा पुग्दा स्थानीय नागरिकले उत्सहापूर्वक उनका कुरा सुनेको र जिताउने प्रतिवद्धता ब्यक्त गरेको थापाको सचिवालयले जनाएको छ ।

बकैयामा भएको घरदैलो अभियानबारे उम्मेद्वार थापा भन्छन् ‘मैले पूर्वी मकवानपुरमा रहेको बकैयाको जनतासँग स्पष्ठ कुरा राखे, यो पटक उहाँहरु मन र मत बदल्न तयार भएको आभाष पाएको छु, उहाँहरु पुराना दलबाट वाक्क भएको महशुस गरेको छु ।’

उनले थपे, अब यो पटक जनताले मत परिवर्तन गरेमा देश विजयी हुनेछ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्