Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

मंसिर ४ को ब्याटल जसरी पनि गठबन्धनले जित्नु छ: प्रचण्ड

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन् । शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मंसिर ४ को चुनाव सामान्य निर्वाचन नभएको भन्दै देशको संविधान मिच्नेहरुलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिएर चुनावी ब्याटल गठबन्धनलाई जिताउन जोड दिएका हुन् ।

उनले मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको भुमरीमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएकाले दुईवटा गठबन्धनबीच ब्याटल हुने र त्यसको ब्याटल आफूहरुले जित्नुपर्ने बताए । काठमाडौं ७ मा माओवादीबाट उम्मेदवार बनेकी मानुषी यमी भट्टराईले चुनाव जित्नेमा विश्वास व्यक्त गरे । उनले अहिले दुईवटा गठबन्धन आमनेसामने भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा