भीरबाट लडेर युवकको मृत्यु

काठमाडौँ । लेकम गाउँपालिका—५ स्थित लिसिनी भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । शुक्रबार बिहान मैखोली अम्कुर भिटाच्युरा बस्ने ३१ वर्षीय जयदेव जोशीको मैखोली र अंकुरबीचको लिसिनी भीरबाट खसेर मृत्यु भएको हो ।

बिहानै डोका ल्याउन लेकम गाउँपालिका-२ गराडी जान्छु भनी हिँडेका जोशी लडेर भीरमा अड्किएको अवस्थामा मृत फेला परेको आफन्तजनले बताएका छन् । कलिलै उमेरमा आमा गुमाएका जोशीको अल्पायुमै ज्यान गएपछि परिवार बिचल्लीमा परेको स्थानीय हरिप्रसाद जोशीले बताए ।

उनका अनुसार उनी रोजगारीका लागि भारतमा काम गरेर जिविकोपार्जन गर्दै आएका थिए । अहिले मृतकको उद्धार कार्य भइरहेको छ । मृतकको परिवारमा बुबा, श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्