मोरङमा एक कैदीको मृत्यु

काठमाडोँ । जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरस्थित कारागारमा कैद भुक्तान गरिरहेका मोरङको केराबारी गाउँपालिकाका ५० वर्षीय डिकबहादुर विश्वकर्माको मृत्यु भएको कारागारका निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए । निमित्त जेलर भगतका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि बिराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बेलुका करिब ५ बजेतिर मृत्यु भएको हो ।

उच्च रक्तचापका बिरामी विश्वकर्मा बिरामी परेपछि कोशी अस्पताल भर्ना गरिएको थियो । त्यहाबाट थप उपचारका लागि कोशीले नोबेलका लागि रेफर गरेको भगतले जानकारी दिए । विश्वकर्मालाई जिल्ला अदालत मोरङले जबरजस्ती करणी मुद्दामा २०७४ चैतमा १० वर्ष कैद सजायको फैसला गरेको थियो ।
हाल विश्वकर्माको शव परिवारलाई बुझाएको मोरङ कारागारले जनाएको छ । मोरङ कारागारमा हाल १ हजार ७४ जना कैदी बन्दी रहेका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्