+
Search

ताजा अपडेट +

पपुलर +

राजु गुरुङको मुद्दा सुनुवाइ हुने : पेसी एक नम्बरमा

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौं । रुपन्देही–२ बाट प्रतिनिधि सभा सदस्यका लागि दिएको उम्मेदवारी खारेज भएपछि सर्वोच्च अदालत पुगेका एकीकृत समाजवादीका नेता राजु गुरुङको मुद्दाको पेसी एक नम्बरमा तोकिएको छ।

शुक्रबार न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ। सुरूमै पेसी भएकाले उक्त मुद्दा सुनुवाइ हुने सम्भावन देखिन्छ।

बुधबार अन्तिममा पेसी तोकिँदा हेर्न नभ्याइने हुँदै स्थगित भएको थियो। न्यायाधीशद्वय शुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा पेसी गरेको थियो।

यसअघि न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेजी गर्ने निर्णय कार्यान्वयन नर्गन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

एकल इजलासले कात्तिक २ गते दुवै पक्षलाई छलफलमा बोलाएको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफ्नो निर्णय सच्याउँदै गुरुङको उम्मेदवारी कायम गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा