काठमाडौं । नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराएरै चुनाव नलड्ने निर्णयमा पुगेको खुलासा गरेका छन्।
पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर अब संसद्मा गइरहनुको औचित्य नदेखिएकाले चुनाव नलडेर त्याग गरेको उनले बताए। भट्टराईले त्याग गर्ने नेताका रूपमा गणेशमान सिंहको उदाहरण पेस गर्दै सिंहले प्रधानमन्त्रीको अफर नस्वीकारेको सुनाए।
प्रतिक्रिया