+
Search

ताजा अपडेट +

पपुलर +

दुई सातापछि भोलि अस्पतालबाट डिस्चार्ज हुँदै अभिनेता रामचन्द्र अधिकारी

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौं । दुई सातादेखि अस्पतालमा उपचाररत अभिनेता रामचन्द्र अधिकारीलाई शनिबार डिस्चार्ज गरिने भएको छ ।

उनको उपचारमा सहयोग गर्दै आएको नेपाल चलचित्र कलाकार संघले यसबारे जानकारी दिएको हो । ‘उनको स्वास्थ्य सुधारोन्मुख छ र शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएका छन्,’ संघका सदस्य गोपाल ढकालले भने ।

निमोनिया भएपछि उनी चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत छन् । उपचाररत अभिनेता अधिकारीको निधन भएको भन्दै सामाजिक सञ्जालमा हल्ला फैलिएपछि कलाकार संघ र स्वयं अधिकारीले यसप्रति खेद जनाएका छन् ।

कलाकार संघले विज्ञप्ति जारी गर्दै भ्रामक र कपोलकल्पित हल्लाप्रति खेद व्यक्त गरेको छ । हल्ला फैलाउने सामाजिक सञ्जालका केही पेज र व्यक्तिलाई साइबर ब्युरोमा उजुरी दिने कलाकार संघको तयारी रहे पनि अधिकारीको आग्रहपछि रोकिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा