Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

ब्लास्टिङ गरेर कर्णाली राजमार्ग खुलाइँदै

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौं । पहिरोका कारण बन्द भएको कर्णाली राजमार्ग खुलाउनका लागि नेपाली सेनाले ब्लास्टिङ थालेको छ । राजमार्गको नाग्मदेखि राचुली खण्डमा दुई दिन अघिदेखि नेपाली सेना र डिभिजन सडक कार्यालय जुम्लाको समन्वयमा सडकमा खसेका ठूला ढुङ्गाको ब्लास्टिङ सुरु गरिएको हो ।

नेपाली सेनाको नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार अहिलेसम्म १० वटा ब्लास्टिङ गरिएको छ । नन्दा बक्स गणका उपसेनानी (क्याप्टेन) सन्तोष केसीको नेतृत्वमा ५० जना नेपाली सेनाको टिम यो क्षेत्रमा खटिएको गणपति थापाले जानकारी दिनुभयो ।

एक्स्काभेटरले उठाउन नसकिने ढुङ्गा भएकाले ब्लास्टिङ गर्नुपरेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठका अनुसार अहिले पनि ब्लास्टिङ गर्ने काम तीव्ररूपमा भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अब भत्किएको सडकमा जाली भरेर पर्खाल बढाउने काम पनि सुरु गरिने छ । सबैभन्दा कठिन राचुलीबाट नाग्म खण्ड बनाउन सकियो भने कर्णाली राजमार्ग सञ्चालन हुने श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा