Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस र माओवादी पार्टीमा भविष्य छैन : पृथ्वीसुब्बा गुरुङ

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

काठमाण्डौ   । एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको बताएका छन् ।

एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्लाको विकास र जनताको हितका निम्ति गठबन्धनका उमेद्वारलाई जिताउने कि एमालेका उमेद्वारलाई जिताउने भनी सोचविचार गरेर मात्र लमजुङे जनताले मतदान गर्नुपर्ने बताए ।

एमालेले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न सूर्यमा मतदान गर्न उनले आग्रह गरे । लोकतन्त्रको मूलभूत सिद्धान्तलाई एमालेले सदैव पालना गर्दै आएको उनको भनाइ थियो ।

गठबन्धन सरकारले देशको विकासका निम्ति कुनै उल्लेखनीय काम गर्न नसकेको र एमाले सरकारमा हुँदा ल्याएको विकास र नीतिलाई समेत उल्लंघन गरेको भन्दै कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य नभएको उनले आरोप लगाए । भविष्य नभएको पार्टीमा लागेर कुनै काम नहुने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा