Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

उदयपुरको त्रियुगा नगरपालिका—१५, दहरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका—१३, असारीका २२ वर्षीय विकाश राई रहेका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका राईको उपचारका क्रममा आज शुक्रबार बिहान पौने ११ बजे जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो। प्रदेश २—०१—००१ त १०३३ नम्बरको ट्याक्टर बिहान साढे ९ बजे अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा