+
Search

ताजा अपडेट +

पपुलर +

धनतेरसको अवसरमा दैनिक ४५ केजीसम्म सुनको व्यापार हुने, माग धान्न समस्या

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौं । भोलि शनिवारदेखि नेपालीहरूको दोस्रो महान् चाड तिहार शुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन धातुका नयाँ सामान जोडेर धनतेरस मनाउने गरिन्छ ।

यस दिन धनधान्यकी देवी लक्ष्मी पूजाको लागि उनलाई मन पर्ने वस्तुहरू किन्ने गरिन्छ । विशेषगरी धनतेरसका दिन लक्ष्मी मातालाई खुसी गराउन सुनचाँदीका गरगहनादेखि धातुमा नयाँ भाँडाकुँडा किन्ने परम्परा छ ।

उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूले आफ्ना आवश्यकता र गक्ष अनुसार वस्तु तथा सामान खरिद गर्नको लागि यस दिनको प्रतीक्षा गर्ने गर्दछन् । धनवन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न सकिने विश्वास छ ।

यसका साथै दीपावलीको किनमेलको लागि धनतेरसका दिन निक्कै उत्तम मानिन्छ । यस दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास रही आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा