काठमाडाैं । देश राजनीति माहोलमा हुमिएको छ। विभिन्न पार्टी तथा दलहरुले आ-आफ्नो ठाउँबाट देशलाई सक्ने र आफुले भ्याउने जति पहल गरेका छ्न। यो भन्दा अगाडि देशले धेरै व्यक्ति,पार्टी,र भाषण हरु पाए तर खुल्ला तरिकाले नेतृत्व गर्ने व्यक्ति पाएन यसको विकल्पमा विभिन्न पार्टी र दलको उत्पत्ति भयो।
दलहरुको खिचतानी र अत्याचारी सहन नसक्ने अवस्थामा परेर ढुङ्गाको चेपबाट टुसाएको हो राष्ट्रिय स्वतन्त्र पार्टी, देशलाई विकासको तीब्र गतिमा अगाडि बढाउनका लागि आफुलाई तम्तयार पारेर राखेका छ्न टाकाराज थापा (सुरेश) सानै उमेरदेखि राजनीतिक चेत राख्ने समाजको माहोलमा हुर्केदै आएका थापा मकवानपुर जिल्ला क्षेत्र नम्बर १ बाट आफ्नो दमदार उम्मेदवारि दिएका छ्न।
देश राजनीतिक अवस्थाबाट बिचल्लीत भएको देख्दा केही गर्छु भन्ने आँट सधैं राख्थे। दलमा आफुलाई प्रवेश गर्न नचाहेको र देशलाई केही गर्न चाहेका थापाले रवि लामिछानेको नेतृत्वमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रोजे आफुलाई र देश लाई अगाडि बढाउने संकल्प गरे। देशको बिकराल अवस्थामा आफुलाई सधैं केही न केही पक्षबाट परिचित बनाईराख्ने व्यक्ति हुन सुरेश थापा यसै बीच उनी जनताको चासो गुनासो र पिडालाई नजिक बाट नियाल्ने, सामाजिक कार्यमा सधैं अग्रसर भैइरहने सामाजिक अभियान्ता पनि हुन।
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जनता सङ्गै जोडिएका सुरेश आफुलाई अझै अब्बल साबित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनतासामु साक्षतकार गर्ने भएका छ्न।
चुनावी एजेण्डा तथा जनताको माग के हो? भन्ने कुरालाई महसुस गरि आफ्नो क्षमता तथा दक्षतालाई यहि मार्फत अगाडि बढाउने भएका छ्न। मकवानपुरको पुर्वी क्षेत्र बर्सौदेखि ठुलो समस्यामा छ, भुमिहिन तथा सुकुम्बासी समस्यालाई आफ्नो बिजयपछि प्राथमिकता दिने अठोट पनि थापाले राखेका छ्न।
बेरोजगारले अचेटेको देशलाई रोजगारको पाईला अगाडि बढाउने एउटा माध्यम आफुलाई पनि राखेका थापा असल युवा व्यबसायि पनि हुन । जनताले चाहेका सुरेश थापा जितको लगभग अग्र पङ्क्तिमा छ्न।पद,पावर र पहुँच भन्दा पर रहेर देश र जनताको दु:ख मा निरंन्तर साथमा रहने प्रतिबद्धता पनि राखेका छ्न।
प्रतिक्रिया