+
Search

ताजा अपडेट +

पपुलर +

अब हप्ता दिन पछिको निर्णयले ठुलै भूकम्प ल्याउँछ: दिनेश कुमार थपलिया

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गरे आयोग टुलुटुलु हेरेर नबस्ने बताएका छन । आज विराटनगरमा प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई स्पष्टीकरण सोध्दा उनीहरूले कोकोहोलो मच्चाएको समेत बताएका छन् ।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रति लक्षित गर्दै स्पष्टीकरण सोधिएको विषयमा उम्मेदवारहरूले कोकोहोलो मच्चाएको देख्दा अचम्म लागेको बताएका हुन् । थपलियाले भने,’स्पष्टीकरण सोध्दा नै यस्तो भएको छ भने अब हप्ता दिन पछिको निर्णयले भूकम्प ल्याउँछ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आचारसंहिता विपरीत चुनावी प्रचार गरेको भन्दै आयोगले बिहीवार कारबाही गर्न रौतहट प्रहरीलाई पत्र पठाएको थियो । ‘अहिले नै आयोगले कसैलाई कारबाही गरेको छैन,’ उनले भने,’माकुराको जालोमा झिँगा पस्न शुरू भएको छ, अब निस्कियो भने बच्यो, निस्किएन भने सकियो ।’

प्रतिक्रिया

लेखकको बारेमा