इमरान खान पाँच वर्षका लागि अयोग्य, यस्तो छ कारण

काठमाडौँ । पाकिस्तानको निर्वाचन आयोगले शुक्रबार प्रधानमन्त्री इमरान खानलाई पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ । तोषखाना उपहार प्रकरणमा मुछिएसँगै उनलाई आयोगले पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ ।

आयोगले इमरानको संसद सदस्यता पनि खारेज गरिएको जनाएको छ । निर्वाचन आयोगको यो निर्णयपछि इमरानले आगामी पाँच वर्षसम्म चुनाव लड्न नपाउने भएका छन् ।

के हो तोषखाना प्रकरण

सत्तारुढ पाकिस्तानी प्रजातान्त्रिक आन्दोलनले तोषखाना गिफ्ट मुद्दालाई निर्वाचन आयोगसमक्ष उठाएको थियो । इमरानले आफ्नो कार्यकालमा विभिन्न देशबाट उपहार पठाएको बताइएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्