साताको सेयर बजार

काठमाडौँ । यस साता सेयर बजार परिसूचक नेप्सेमा झण्डै साढे २६ अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको अन्तिम दिन अर्थात् असोज २७ गते १८ सय ७.६३ विन्दुमा रहेको नेप्से सूचक कात्तिक ३ गतेसम्ममा २६.४९ अंकले घट्दै १८ सय ४४.१४ बिन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पहिलो कारोबार दिन आइतबार नै झण्डै १० अंकले घटेर नेप्से सूचक १८ सय ६०.९४ अंकमा झरेको थियो । दोस्रो दिन २.६१ अंकले नेप्से घट्यो भने चौथो दिन १२.८२ अंकले र पाँचौ दिन अर्थात् अन्तिम कारोबार दिन (बिहीबार) थप १.३७ अंकले घट्दै नेप्से सूचक १८ सय ४४.१४ अंकमा ओर्लियो । यस साताको तेस्रो दिन (मंगलबार) भने सार्वजनिक विदा परेकाले सेयर कारोबार हुन सकेन ।

२६ अंकमाथिले नेप्से घटेको यस साता मुस्किलले २ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस साता लाभांशको लोभले बैंक तथा वित्तीय क्षेत्रको सेयर मूल्यमा केहीँ उतारचढाप आएपनि अन्य क्षेत्रहरुको सेयर मूल्यमा भने खासै सुधार आउन सकेन ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्