+
Search

ताजा अपडेट +

पपुलर +

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ दुर्घटनामा

सजिलोपाना
२०७९ कार्तिक ४, शुक्रबार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ चढेको गाडी आज स्याङ्जामा दुर्घटनामा परेको छ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको उपसभापति गुरूङले जानकारी दिए।
गल्याङ बटुवा भन्ने ठाउँमा गुडीरहेको गाडी सडकबाट नालीमा पुगेको हो। गुरूङका अनुसार गाडीमा सवार सबै सुरक्षित छन्। मंसिर ४ मा हुने चुनावका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन्।

प्रतिक्रिया

लेखकको बारेमा

सजिलोपाना

सबै खबर एउटै पानामा