
गठबन्धन १०-२० वर्ष जान सक्छ : देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन १० देखि २० वर्षसम्म कायम रहने बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले वर्तमान लामो समय जाने बताएका हुन् ।
सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेश स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान, संघीयता, समावेशिता बचाउन गठबन्धन आवश्यक रहेको दाबी गरे ।
‘धेरै ठूलो लडाइँपछि संविधानले दिएका संघीयता, गणतन्त्र, समावेशीता समाप्त पार्ने प्रयास भइरहेको छ, चुनावपछि गठबन्धनकै सरकार बन्ने हो, यो १०–२० वर्षसम्म जान सक्छ,’ उनले भने ।
गठबन्धनविरुद्ध राष्ट्रवादीको नाममा राजावादी देखा परेको भन्दै उनले आफूहरूमाथि शंका उपशंका गर्ने गराउने अवस्था आउन नदिन आग्रह गरे
