काठमाडौं। नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्।
आज राष्ट्रपति भवन शीतल निवासमा उनले प्रमाणपत्र प्रस्तुत गरेका हुन्। ओहोदाको प्रमाणपत्र बुझाएपछि थम्प्सनले भने “नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो।”
“अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु।” उनले थपे।
प्रतिक्रिया