+
Search

ताजा अपडेट +

पपुलर +

मतदाताको घरदैलोमा पुग्दा राजेन्द्रले पाए जनताको राम्रो समर्थन

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

गोरखा । गोरखा क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र पराजुली जनताको घरदैलामा पुगेका छन् ।

गोरखाको समस्या र जनताको गुनासोलाई सुन्नको लागि उम्मेदवारको रुपमा पराजुली जनताको घरदैलामा निस्केका हुन् । पहिलो दिनमै पराजुलीको टोलीले मतदाताको मनैदेखिको कुरा सुन्न गोरखाको भीमसेन थापा र आरुघाट गाउँपालिकामा सम्पर्क कार्यालय समेत खोलेको छ । निर्वाचन क्षेत्रमा पर्ने चार वटै गाउँपालिकामा टोलीको तयारी छ ।

गाउँपालिकाको सम्पर्क कार्यालयको उद्घाटनमा युवाहरुको व्यापाक समर्थन रहेको थियो । उनीहरुले गोरखा क्षेत्र नम्बर २ खमा राजेन्द्रको विकल्प नभएको समेत बताए । पुराना दलहरुले अहिलेसम्म केही नगरेकाले अब समाजसेवीको रुपमा आफ्नो छवि बनाएका स्वतन्त्र उम्मेदवार राजेन्द्र पराजुलीलाई जिताउन सबै लाग्नुपर्ने उनीहरुको जोड थियो ।

कार्यालय उद्घाटनलाई सम्बोधन गर्दे पराजुलीले यसभन्दा अगाडि आफ्नो व्यवसायको केही प्रतिशतबाट निकालेर जनताको मलम पट्टी लगाउने काम गरेको र अब नीतिगत रुपमै सरकारी ढुकुटीमार्फत गोरखाको विकास गर्न आफू लागेको बताए । पराजुलीले आफ्नो उम्मेदवारी गोरखाको विकास र समृद्धिसँग जोडिएको भन्दै सहयोगको लागि सबैलाई आह्वान समेत गरे ।

प्रतिक्रिया

लेखकको बारेमा