Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

Nanu Bhatta
२०७९ कार्तिक ५, शनिबार

तम्घास । गुल्मीमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका– ७ की ४० वर्षीया तालकुमारी कुमाललाई ४२ वर्षीय सूर्यबहादुर कुमालले कुटपिट गरी घाइते बनाएको र उपचारको क्रममा वामी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आरोपी श्रीमानलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा