प्रेमिकाले लोकसेवा पास गरेर सरकारी जागिर पाएपछि….

कतिपय अवस्थामा प्रेममा नमिलेका कुरा पनि मिलाएर निरन्तरता दिइन्छ तर भारतको नयाँदिल्लीमा एउटा यस्तो घटना भएको छ, जुन पीडालाई प्रेमीले सार्वजनिक रूपमै व्यक्ति गरेका छन् ।

भारतको बिहारका हरिन्दर पाण्डे लोकसेवा परीक्षाको तयारीका लागि राजधानी नयाँदिल्ली आएका थिए । नयाँदिल्लीमै तयारीका क्रममा उनको एक युवतीसँग प्रेम बस्यो ।

प्रेम सँगसँगै दुवैले लोकसेवा परीक्षाको तयारी गरिरहेका थिए । प्रेमीले ५ पटक परीक्षा दिँदा पनि नाम निकाल्न सकेनन् । लिखित परीक्षामा पास भएर हरिन्दर अन्तर्वार्तासम्म पुगेका थिए तर अन्तिम चरणमा असफल भए ।

यसैबीच हरिन्दरकी प्रेमिकाले लोकसेवा परीक्षा पास गरिन् । यो खबर सुनेर हरिन्दर खुशी भएका थिए तर ती प्रेमिका केही दिनमै सम्पर्कविहीन भइन् ।

प्रेमिकाले हरिन्दरको मोबाइल नम्बर कालोसूचीमा राखिन् र भेटघाट बन्द भयो । प्रेमिकाले आफू लोकसेवा पास गरेपछि भेट्न छाडेको र धोका दिएको थाहा पाएपछि हरिन्दर यतिबेला दुःखी रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्