+
Search

ताजा अपडेट +

पपुलर +

सलमान खानलाई डेंगु संक्रमण, सबै छायांकन रद्द

Nanu Bhatta
२०७९ कार्तिक ५, शनिबार

काठमाडौँ । बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ ।

संक्रमण कायमै रहेको अवस्थामा खानले बिग बोस १६ को प्रस्तोता हुन नसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल बिग बोस १६ लाई लोकप्रिय बनाउन धेरै मेहनत गरिरहेका बेला खान बिरामी परेका छन् । खान बिरामी परेका बेला करण जोहरले प्रस्तोताको भूमिका निभाउने भएका छन् । प्रस्तोताको रूपमा करणलाई खानले नै छानेका हुन् । चिकित्सकले खानलाई आराम गर्न सल्लाह दिएका छन् ।

खान ‘किसी का भाइ किसी का जान’ फिल्मको छायांकन समेत गरिरहेका थिए । उनी अब केही दिन फिल्मको छायांकनबाट समेत टाढा रहने भएका छन् ।एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा