Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

गोरखाको अश्राङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Nanu Bhatta
२०७९ कार्तिक ५, शनिबार

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका–६ अश्राङमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

अश्राङको ओख्लेपानी–तान्द्राङखोला ग्रामीण सडकको अल्केटारमा ना ६ त ५८६९ नम्वरको ट्रयाक्टर हिजो बेलुका दुर्घटना हुँदा चालक त्यहि ठाउँका २० वर्षका सुनिल भट्टको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदनाथ भण्डारीले जानकारी दिए ।

धान पराल ओसारिरहेको ट्रयाक्टरमा चढेका अरु केही घाइते भएका र अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा