+
Search

ताजा अपडेट +

पपुलर +

रत्नपार्कमा १९औं काग सम्मेलन हुने

अरुणा ढकाल
२०७९ कार्तिक ५, शनिबार

काठमाडौं । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औं ‘काग सम्मेलन’ हुने भएको छ ।

ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औं काग सम्मेलन हुन लागेको।

सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुंगीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम छ । दुलालले काग सम्मेलनमा ४०० कागलाई एकै ठाउँमा जम्मा पार्ने बताए ।

विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष पनि कागलाई बोलाएर काग तिहार मनाउन लागेका हुन् । ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्,’ उनले भने ।

काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल