काठमाडौँ । नेपाल सरकारले सयपत्री फुलको आयातमा रोक लगाएको छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उदेश्यले सरकारले फुल आयातमा रोक लगाएको हो । तिहारमा मालाका लागि धेरै मात्रामा फुलको माग हुने भएकाले अघिल्ला बर्षहरुमा भारतबाट फुल आयात हुन्थ्यो । तर यो बर्षको तिहारमा सरकारले बाहिरबाट फुल आयातमा रोक लगाएको छ ।
बृहत् मात्रामा बिदेशबाट फुल आयात हुनाले स्वदेशी उत्पादकको मेहनत र परिश्रम खेर जाने देखिन्छ । त्यसैले फुल आयातमा रोक लगाएर स्वदेशी उत्पादनलाई नि आफ्नो उपभोगमा प्रयोग गर्न सरकारले यस्तो नियम लगाएको हो ।
प्रतिक्रिया