काठमाडौं । काठमाडौं विश्वविद्यालयमा इञ्जिनियरिङ पढ्दै गरेका विद्यार्थीको समूहले बनाएको फ्युल इफिसिएण्ट गाडी जुनकिरी अन्तराष्ट्रिय प्रतियोगिता सेल इको म्याराथनमा सहभागी भएको छ । उक्त प्रतियोगिता क्षेत्र अनुसार ३ चरणमा गर्ने गरिन्छ। युरोप, अमेरिका र एशियाका लागि चरण छुट्याइएको छ ।
टिम जुनकिरी इन्डोनेसियामा भएको एशिया रिजनल प्रतियोगितामा सफलतापूर्वक प्रतिस्पर्धा गरेर आएको छ। उक्त माइलेज रेस कम्पिटिसन इन्डोनेसियाको लम्बोक सहरमा रहेको मोटो जीपी रेसिंग हुने पर्टामिना मण्डालिका सर्किटमा भएको थियो। सो प्रतियोगितामा नेपाल सहित भिएतनाम, काजकिस्तान, भारत, कोरियालागयतका १५ देश का लगभग ४६ ओटा विश्वविद्यालयका समूहहरूले सहभागिता जनाएको थिए।
प्रतिक्रिया