सेवा गर्न आएको हो, राजनीतिलाई भर्याङ्ग बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्न आएको हैन : राजेन्द्र बजगाईं

नानु  भट्ट । देशले के खोज्यो ? अनि के पायो ? विकाश र समृद्धिको खाका कोर्न कति सम्म सक्षम भए र पुरा कति गरियो भन्ने कुरा न जनताले खोजे न नेताले नै खोजे, अब खाका कोर्ने र भाषण गर्ने कामलाई थाती राखेर विकाशको लागि आएका छन् राजेन्द्र बजगाई । दुई शब्दको स्टाटस ‘अब विकाश’ भन्ने कुरालाई शिरोपर गरि नेपाली काङ्ग्रेस गोर्खा क्षेत्र नम्बर १ को प्रतिनिधि सभाको उम्मेदवारमा आफुलाई दमदार प्रस्तुत गर्दै छन् बजगाई ।

देशलाई कुनै न कुनै क्षेत्रबाट सहयोग गरिरहेका उनी नेपालको पर्यटन उद्योगमा पनि एउटा छाप छोड्न सफल भैसेकेका छन्। १४ औं महाधिवेशनबाट पराजित भएका बजगाईले यसपटक भने गोर्खा १ बाट टिकट पाएपछि बलियो चर्चा बटुलेर आफुलाई अग्रसर गराईराखेका छन्। गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्डसङ्ग रहेका उनी स्थानीय जनमानसले र ठुला नेताहरु बाबुराम भट्टराई,नारायण काजी श्रेष्ठले समेत बिश्वास र रुचाएका पात्रका रुपमा पर्छन् राजेन्द्र बजगाई।

May be an image of 3 people, people sitting and indoor

शेखर गगन जस्ता दिग्गज व्यक्तिको रुचाई र समुहमा परेका उनी बालुवाटारको रोजाईमा समेत परेका थिए। कुनै समय पार्टी सभापतिलाई अनुशासनको कारबाही गर्न माग गर्ने बजगाई खुल्ला हृदय र बहस गर्न सक्ने क्षमता भएका व्यक्ति हुन्।

निति तथा कार्यक्रमलाई के हो भनी बुझेका बजगाई हरेक कुरा लाई स्पष्ट तरिकाबाट अगाडि बढाउन चाहन्छन्। विकाशका लागि राजनीति भन्ने कुरालाई आत्मसाथ गरि सत्य निरुपण तथा मेलमिलापको बाटो हुँदै गठबन्धन भएको कुराले देशलाई फाइदा हुने कुरा उनी बताउँछन्।

May be an image of 7 people, people standing and outdoors

उनी भन्छ्न, ‘म देशमा सेवा गर्न आएको हो। राजनीतिलाई भर्याङ्ग बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्न आएको हैन । नितान्त जनताको सेवा गर्न आएको हो।मलाई यहाँ बाट लिनु छैन दिने मात्रै हो, जनताले कृतज्ञता व्यक्त गर्ने ठाउँ दिने हो। मेरो राजनीति पृष्ठभुमि र व्यवसायिक पृष्ठभुमि भएको कारणले म पहिलो प्राथमिकता राजनीतिलाई नै दिन्छु र मेरो परस्पर बिरोधि कोहि पनि छैन। व्यवसाय गरेर राजनीतिमा आयो भने राजनितिमा व्यवसाय सम्बन्धि निति लागू गरि काम गर्न सकिन्छ।’

अल्छि भएर होइन जनताको सेवामा तल्लिन भएर लाग्नु मेरो उद्देश्य हो।देशमा अलपत्र परेको जलविद्युत क्षेत्र, संभावना बोकेको तर पुरा नभएको पर्यटन व्यवसाय, देशको अर्थतन्त्रलाई ओगट्ने कृषि क्षेत्र आदिलाई प्रमुख आधार बनाएर अगाडि बढ्ने उनको प्रतिबद्धता रहेको छ। लथालिङ्ग भएको सडक क्षेत्र ग्रामीण क्षेत्रमा रहेको असुबिधाजनक परिस्थितिलाई मूल्याकंन गरि जनतासामु साक्षत्कार गर्ने उनको योजना रहेको छ।

May be an image of 6 people, people standing and outdoors

गोर्खाको दुर्गम इलाकामा स्वस्थ्य स्थिति, महिला तथा बालबालिकाको अवस्था र दु:खलाई देखेका बजगाईले हेलिकप्टर प्राविधिबाट भएनी त्यो विकराल अवस्था सुल्झाउने ठाउँसम्म पुर्याउने व्यवस्था तय गर्ने र यो भन्दा पहिलाको उनको सामाजिक कार्यले पनि यस्ता सामाजिक तथा मानवीय कार्य गरेको सबैले आत्मसाथ गरेका छन्।

समग्रमा भन्नुपर्दा, राजेन्द्र बजगाई नितान्त देश र जनताको सेवामा आएका र खटिएका एक योद्धा हुन। राजनीति उनको पहिलो प्राथमिकता रहेको र जनतालाई सेवा गर्नु नै मुल उद्देश्य हो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्