मतपत्रको पृष्ठभूमिको रंग कस्तो हुने ?

काठमाडौेँ । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतपत्रको पृष्ठभूमिको रंग सेतो हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रको पृष्ठभूमिको रंग सेता बनाएको छ। त्यसमा रहने चिह्न र अन्य विवरण भने प्रत्यक्ष र समानुपातिकतर्फ फरकफरक हुने भएका छन्।

समानुपातिकतर्फको मतपत्रमा सेतो पृष्ठभूमिमा अन्य विवरण कालो रंगको प्रयोग गरिएको छ। त्यस्तै, प्रत्यक्षतर्फको मतपत्रमा सेतो पृष्ठभूमिमा अन्य विवरण रातो रंगको राखिएको आयोगले जनाएको छ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्