Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

देउवाले शेखरतर्फ हेर्दै भने: हामी सबै मिलेका छौँ

Nanu Bhatta
२०७९ कार्तिक ५, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका विषयमा पार्टीभित्र विवाद रहनुपर्ने कारणनै नरहेको बताएका छन्। विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा सबैजना मिलेको बताए। पार्टीभित्र मेलको प्रसंग उप्काउँदा देउवाले नेता शेखर कोइरालातर्फ हेरेका थिए। पार्टीभित्र हामी सबै मिलेका छौँ। गठबन्धनमा पनि मिलेका छौँ। विवादको कुनै कारणननै छैन,’देउवाले भने।

देउवा अघि सम्बोधन गरेका नेता कोइरालाले पनि गठबन्धन चुनावसम्मै कायमै रहने बताए। संविधान जोगाउन गठबन्धन बनेको भन्दै उनले भने, ‘संविभान जोगाउन र असल शासनका निम्ति गठबन्धन बनेको हो।’ वर्तमान प्रणाली अनुसार एकल बहुमत कसैको आउन नसक्ने र सरकार निर्माणका लागि गठबन्धन गर्नैपर्ने भएकाले पनि गठबन्धन निर्माण भएको कोइरालाको तर्क छ।

प्रतिक्रिया

लेखकको बारेमा