+
Search

ताजा अपडेट +

पपुलर +

नाग्म—गमगढी सडकखण्ड १५ दिनपछि खुल्यो

Nanu Bhatta
२०७९ कार्तिक ५, शनिबार

काठमाडौँ । नाग्म–गमगढी राजमार्ग सञ्चालनमा आएको छ । १९ असोजदेखिको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध नाग्म–गमगढी सडकखण्ड आजदेखि सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म–गमगढी राजमार्ग खुलेको जनाएको छ । कार्यालयका प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटरको उक्त राजमार्ग १५ दिनको प्रयासपछि खुलेको हो । नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा सबैभन्दा बढी पहिरो गएको थियो ।

इन्जिनियर गणेश भक्रीले हिमा गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म मात्रै करिब आठ किलोमिटर लामो पहिरो गएको थियो, सो पहिरो पनि पन्छाएपछि सडक खुलेको हो । उनले नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटरमा १ सय ५० वटा पहिरो पन्छाएको बताए ।

हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा खसेको पहिरो पनि पञ्छाइएको छ । पहिरो पन्छाएपछि मोटरसाइकल सहजै ओहोरदोहोर गर्न थालेका छन् । साँघुरो स्थानमा थप मर्मत गरिएपछि गाडी चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा