बबई नदीमा डुबेर दुई किशोरी बेपत्ता

काठमाडौँ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर दुई किशोरी बेपत्ता भएका छन् । एक जनाको भने सकुशल उद्धार गरिएको छ । बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका–२ कि १४ वर्षीया रमा शाह र सल्यानको दमाचौर–१ घर भइ दंगीशरणमा मामा घर आएकी १४ वर्षीया गोमा चन्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ को मोतीपुर नजिकै शनिबार दिउँसो बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको र खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । नदीमा डुबेकी दंगीशरण गाउँपालिका–२ कि १३ वर्षीया निरुता बस्नेतलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्